Thursday, October 21, 2021
8.4 C
Amsterdam

सरकारी नियामक विपक्षमा तर सेवा प्रदायकहरू इन्टरनेटको शुल्क बढाउने प्रयासमा – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, Thinkstock

नेपालका निजी इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूले तार राख्ने पोलका विषयमा नेपाल विद्युत् प्राधिकरणको भाडासँग असन्तुष्टि व्यक्त गर्दै बिहीवार इन्टरनेटको शुल्क बढाउने निर्णय गरे पनि सरकारी नियामकले आफूहरू “भाउ बढाएर उपभोक्ता मर्कामा पार्ने पक्षमा नरहेको’ जनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बीबीसीसँग भने, “हाम्रो स्वीकृतिमा मात्र वहाँहरूले यो दररेट लागु गर्न पाउनुहुन्छ। हामी भाउ बढाउने पक्षमा छैनौँ।”

दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल र विद्युत् प्राधिकरणबीच यस विषयमा मध्यस्थता गरिदिनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनुरोध गर्न लागेको जनाएको छ।

सङ्घको निर्णयले तारसहितको इन्टरनेट सुविधाका लागि प्रत्येक सेवाग्राहीले सहरी भेगमा १५० रुपैयाँ र ग्रामीण भेगमा ३०० रुपैयाँसम्म बढी तिर्नुपर्ने हुनसक्छ।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!